दाङ सल्यान सडक खण्डमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन ।
दाङ तुलसीपुरबाट सल्यानको फलाबाङ जादै गरेको रा १ ज ८२२ नम्वरको जिप तुलसीपुर ३ पैयाखोरेमा आज दिउँसो दुर्घटना हुदा सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ४ गाडापानी बस्ने २० वर्षिया सिता बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि ६ जना घाईते भएको भनेता पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
प्रतिक्रिया