नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहाललाई उपचारका लागि योगगुरु रामदेवको योगपिठमा लगिएको छ ।
उनलाई भारतको हरिद्वारस्थित पतन्जली योगपीठमा उपचारका लागि लगिएको उनकी छोरी गंगा दाहालले बताएकी छन् ।
छाेरी गंगाका अनुसार पतञ्जली योगपिठका बाबा रामदेव र आचार्य बालकृष्णले सीताको उपचार गर्नेछन् ।
पूर्वमन्त्री एवं नेकपा स्थायी समिति सदस्य मातृका यादव पनि उनीहरूसँगै हरिद्वार पुगेका छन् ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छन् ।
दाहाललाई उपचारका लागि यसअघि अमेरिका, सिंगापुर र भारत लगायतका विभिन्न अस्पत्तालमा लगिएको थियो ।
त्यस्तै नेपालकै म्याग्दीस्थित ताताेपानी कुण्डमा पनि उपचारकै लागि लगिएकाे थियाे ।
तर पनि पूर्ण निको नभएपछि उनलाई आयुर्वेदिक उपचारका लागि हरिद्वार लगिएको हो ।





प्रतिक्रिया