इन्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि अक्सन आज हुँदैछ । प्रतियोगितामा सहभागि ८ टिमले राम्रो खेलाडीलाइ टिममा अनुबन्ध गर्नका लागि तोकता गरिरहेका छन । जसका लागि उनीहरू मोटो रकम तिर्नपनि तयार रहेका छन ।
आइपीएलमा अहिलेसम्म सबै भन्दा महंगा खेलाडीको सूची हेर्दा प्राय स्टार खेलाडी नै बनेका छन । जानौ अहिलेसम्मका महंगा खेलाडीहरू
महेन्द्रसिंह धोनी
२००८ बाट शुरु भएको आइपिएलको पहिलो सिजनमा महँगो खेलाडी बनेका थिए महेन्द्रसिंह धोनी । निकै उच्च फर्ममा रहेका धोनीलाइ चेन्नई सुपरकिंग्सका ६ करोड भारतीय रुपियाँमा किनेको थियो । उनी टिमको कप्तान पनि थिए ।
केभिन पिटरसन र एन्ड्रयु फ्लिनटफ
सन् २००९ मा भएको आइपिएल अक्सनमा २ इंग्ल्याण्डका खेलाडी जो महंगो रकममा बिक्रि भए । ती हुन केविन पिटरसन र एन्ड्रयु फ्लिनटफ। सो बेला दुबै खेलाडी करियरको उच्च फर्ममा थिए । उनीहरूलाइ रोयल च्यालेंजर्स बैंगलोर र चेन्नई सुपर किंग्सले ७ करोड ३५ लाखमा किनेको थियो ।
कायरन पोलार्ड
सन् २०१० को आइपिएल अक्सनमा बिस्फोटक खेलाडी कायरन पोलार्ड सबै भन्दा महंगा खेलाडी बने । वेस्टइन्डियन यी अलराउन्डर माथि मुम्बई इण्डियन्सले ३ करोड ४२ लाख भारतीय रूपैयाँको बोली लगाएको थियो ।
गौतम गम्भिर
बाँया हाते ब्याट्सम्यान गौतम गम्भिर सन् २०११ को आइपिएल अक्सनमा सबै भन्दा महंगा खेलाडी बने । सुरूवाती सिजनमा दिल्लीबाट खेलेका गौतम सो बेला आइपीएलको इतिहासमा नै धेरै रकम पाउने खेलडी बनेका थिए । उनलाइ कोलकाताले ११ करोड भारतीय रूपैयाँमा भित्र्याएको थियो । साथै उनी कोलकाताको कप्तान पनि बनेका थिए । जसमा उनले २ पटक टिम यस अघिका सबै रेकर्ड तोडिएका थिए ।
रविन्द्र जडेजा
२०१२ मा भएको आइपीएलका लागि भएको अक्सनमा बाँया हाते स्पिनर रविन्द्र जडेजा महँगो खेलाडी बने । करियरको सुरूवातमा रहेका र राम्रो लयमा रहेका उनमाथि महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले ९ करोड ७२ लाख भारतीय रूपैयाँ खर्च गरेको थियो ।
ग्लेन म्याक्सवेल
सन् २०१३ को आइपिएलको अक्सनमा महँगो खेलाडी बने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल । अष्ट्रेलियन यी खेलाडी बिपक्षी बलरलाइ दुःख दिन माहिर रहेको र बिस्फोटक ब्याटिङ गर्न सक्ने भन्दै किंग्स इलावेन पञ्जावले मोटो रकम तिरेर भित्र्यायो । म्याक्सवेललाई किंग्स इलेवेन पंजावले ५ करोड ३० लाखमा भारतीय रूपैयाँमा अनुबन्ध गरेको थियो ।
युवराज सिंह
२०१४ मा विश्वकप विजेता खेलाडी युवराज सिंह एकाएक चर्चामा आए, कारण थियो आइपीएलमा महंगो खेलाडी बन्नु । प्रतियोगितामा सो बेला सम्मकै महंगो खेलाडी बनेका उनलाई रोयल च्यालेंजर्स बैंगलोरले १४ करोडमा किनेको थियो ।
यतिमात्र होइन, २०१५ मा पनि उनी नै महँगो खेलाडी बने । उनलाई दिल्ली डेयरडेभिल्सले १६ करोडमा भित्र्याएको थियो ।
सेन वाट्सन
२०१६ को अक्सनमा अस्ट्रेलियाका अलराउण्डर शेन वाटसन सर्वाधिक महँगो खेलाडी बने । रोयल च्यालेंजर्स बैंगलोरले वाटसनलाई ९ करोड ५० लाखमा टिममा भित्र्यायो ।
बेन स्टोक
इंग्ल्याण्डका यी अलराउण्डरले पहिलो पटक इन्डियन प्रिमियर लिग खेल्दा नै महंगो खेलाडी बनेर खेले । राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरेका बेला २०१७ को आइपिएल अक्सनमा पनि उनले मोटो रकम हात पारे । स्टोक्सलाई पुने सुपरजाइन्ट्सले १४ करोड ५० लाखमा किनेको थियो ।
यतिमात्र होइन स्टोक्स २०१८ को अक्सनमा पनि महँगो खेलाडी बने । उनलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको थियो ।
जयदेव उनादकट
२०१९ आइपिएलको अक्सनमा भारतका तिब्र गतिका बलर जयदेव उनादकट महँगो खेलाडी बने । उनादकटलाई राजस्थान रोयल्सले ८ करोड ४० लाखमा किनेको थियो । २०१८ को सिजनमा सर्वाधिक धेरै विकेट लिने खेलाडीको सूचीमा शिर्ष ३ मा परेका भारतीय बलर जयदेवलाइ मोटो रकम तिरेर राजस्थानले लिएपनि उनले प्रतियोगितामा प्रभावशाली प्रदर्शन भने गर्न सकेनन् ।
अब यसपटक को खेलाडी एकाएक करोडपति हुने हो, त्यो आज साँझ थाहा हुनेछ । यसपटकको अक्सनमा १२ देशका ३३२ खेलाडी छन, जसमा ७३ खेलाडी छनौट हुने छन् ।
प्रतिक्रिया