शेयर बजारका लागि निराशा लाग्दो पहिलो चौमासः १२३ अंकले घट्यो बजार

६ बर्ष अगाडि

काठमाडौं –  चालु आर्थिक बर्षको पहिलो चौमासमा शेयर बजारको अवस्था निराशा जनक देखिएको छ । गत असारमसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) अर्थात नेपाली शेयर बजारमा १२५९ विन्दुमा थियो । तर, गत कात्तिकसम्म आउँदो नेप्से परिसुचक घटेर ११३६ मा सिमित भएको छ । जसअनुसार चालु आवको पहिलो चौमासमा नेप्से १२३ अंकले घटेको देखिन्छ । 
यस्तै गत आवको पहिलो चौमास अर्थात कात्तिक मसान्तमा नेप्से परिसुचक १२०५ विन्दुमा थियो । त्यसको तुलनामा पनि गत कात्तिक मसान्तमा नेप्से परिसुचक ६९ विन्दुले घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएकोहो ।
धितोपत्र बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा १.३ प्रतिशतले घटी २०७६ कात्तिक मसान्तमा रु. १४ खर्ब ४१ अर्ब ३१ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५ अर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।
गत कात्तिकसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१५ पुगेको छ । त्यसमा१५२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत ्कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । 
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.५ प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 
नेप्सेमा कात्तिक मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४३ करोड शेयर संख्याको चुक्ता मूल्य रु.४ खर्ब ३४ अर्ब ९२ करोड रहेको छ । समिक्षा अवधीमा रु. १० अर्ब ५२ करोड बराबरको साधारण शेयर, रु. ८ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु. १ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, रु. ६ अर्ब बराबरको डिबेन्चर, रु. ३ अर्ब ६४ करोड बराबरको म्युचल फण्ड र रु.३ अर्ब ४२ करोड बराबरको अन्य गरी कुल रु. ३३ अर्ब ११ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ३ अर्व ४० करोड बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया