बढ्न थाले बैदेशिक रोजगारमा जाने नेपाली, ४ महिनामा ८० हजार विदेशीए

५ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक बर्षको पहिलो ४ महिनामा मात्र करिव ८० हजार नेपाली कामदार बैदेशिक रोजगारका लागि विदेश गएका छन् । नेपाल राष्ट्र बैंकको चौमासिक प्रतिवदेनले यस्तो देखाएको हो । 
तथ्यांकअनुसार चालु आवको कात्तिकसम्ममा ७९ हजार ६८० नेपाली कामदार विदेश गएका देखिन्छ । यो गत आवको भन्दा ५.६ प्रतिशतले बढीहो । गत आवको सो अवधीमा ७५ हजार ४२७ जना नेपाली कामदार विदेशीएका थिए । 
गत आवमा विदेशीने नेपाली कामदार ३९.४ प्रतिशतले घटेको थिए । तर, चालु आवमा पुनः बढ्न थालेको छ । गत आवमा मलेसिया रोजगारीलाई बन्द गरेपछि नेपाली कामदार त्यहाँ जान सकेका थिएनन् । तर, अहिले मलेसियाको रोजगारी खुला भएपछि विदेशीने नेपाली कामदारको संख्या बढ्न थालेको छ ।
समिक्षा अवधीमा सबैभन्दा धेरै कादार दुवई गएका छन् । समिक्षा अवधीमा २६ हजार १०२ जना कामदार त्यहाँ गएका छन् । यस्तै, साउदी अरबमा १५ हजार ५९३, कतारमा १२ हजार २७४ र मलेसियामा ९९९३ जना नेपाली कामदार गएका छन् । यस्तै, लेवाननमा १ जना मात्रा नेपाली कामदार गएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया