सेना निवृत्त हुन लागेका प्रधान सेनापतिलाई अमेरिकी पदक

७ बर्ष अगाडि

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपाल भ्रमणमा रहेका इन्डो–प्यासिफिक कमाण्डका डेपुटी कमान्डर  ब्रयान फेण्टोनले आइतबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । 
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति  क्षत्री र फेण्टेनबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । 
भेटका क्रममा फेण्टोनले प्रधानसेनापति क्षत्रीलाई अमेरिकी आर्मीको तर्फबाट डिग्री अफ कमााण्डरको  पदक समेत प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
क्षेत्री आगामी साउन २४ देखि सेवा निवृत्त हुँदैछन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया