सरकारी स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न यही पुस २७ गते साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने, अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। पुस ११ गते शुक्रबार र १२ गते शनिबार परेकोले पुस १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकमा सरकारको रु ५ अर्ब ४३ करोड २७ लाख १२ हजार बराबरको अग्राधिकार शेयर र रु ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि कूल चुक्ता पूँजी रु १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ ।
प्रतिक्रिया