प्राइम र कैलाश बैंकबीच मर्जरमा जाने सहमति

६ बर्ष अगाडि

काठमाडौं –  प्राइम बैंकले कैलाश विकास बैंकले कैलाश विकास बैंकलाई गाभ्ने लक्ष्यका साथ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाशका तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । कैलाशलाई गाभेपछि प्राइमको कूल शाखा संख्या १९९ हुनेछ ।

अब दुवै संस्थाले साधारणसभा बोलाउने भएका छन् । साधारणसभाले स्वकिृति दिएपछि एकीकृत कारोबारको प्रक्रिया अगाडि बढ्नेछ । आगामी २ महिनाभित्र दुई बैंकबीच एकीकृत कारोबार शुरु गर्ने तयारी गरेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया