ईपीएसको सीप परीक्षणमा ६ हजार ७ सय ६३ प्रशिक्षार्थी उत्तीर्ण

५ बर्ष अगाडि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षाको नतिजामा ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

ईपीएस अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा ९२ हजारभन्दा धेरै परीक्षार्थी सामेल भएका थिए ।जसमध्ये  एक हजार ३४ छात्रा  र  ५ हजार ७ सय ३९ छात्र परीक्षामा सामेल भएका थिए ।

यसमध्ये भाषा परीक्षामा १२ हजार १० जना उत्तीर्ण भएका थिए । भाषा परीक्षामा पास भएकामध्ये सीप परीक्षणमा चाहिँ ६ हजार ७ सय ७३ जना मात्रै उत्तीर्ण भएका शाखाले जनाएको छ ।

उत्पादन क्षेत्रमा ४ हजार ७ सय ६४ र कृषि क्षेत्रमा २ हजार ९ जना सीप परीक्षामा उत्तीर्ण भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया