साना किसान विकास लघुवित्त संस्था लिमीटेडले आफ्नो अठारौं वार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने विषेश प्रस्तावका साथ उक्त सभा बोलाएको छ ।
यस अघि संस्थाको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई २७।२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले पौष २६ गते शनिबार बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,ज्वावलाखेल ललितपुरमा आफ्नो अठारौं वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया