मानिस अपरहण गरेर परार हुने व्यक्ति ९ बर्ष पछि पक्राउ

६ बर्ष अगाडि

काठमाडौं – मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक अभियुक्त ९ बर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोले उक्त अभयिुत्त गौतम योञ्जनलाई पक्राउ गरेको हो । योञ्जनलाई  बिहीबार काठमाडौंको महाराजगंजबाट पक्राउ गरिएको हो । 
उनले २०६७ साल जेठ ४ गते राती १० बजने चिनवतक अस्पतालबाट घर फर्कने क्रममा तत्कालिन बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेका थिए । अपहरण गरेर काठमाडौं र नुवाकोटको बिभन्न ठाउँमा बन्धक बनाई १८ दिन पश्चात छोडेका थिए । भारतमा फिरौती पाएपछि मिति २०६७ जेठ २२ गते उनलाई छोडिएको थियो । 
त्यसपछि श्रेष्ठले प्रहरीसमक्ष पुगेका थिए । २०७० माघ २१ गते तत्कालिन पुनरावेदन अदालत हेटौडाले योञ्जनलाई ९ बर्ष  कैद र ५० हजार जरिवाना तिराउने पैसला पनि गरेको छ ।
गौतमलाई जिल्ला अदालत काठमाडौं मार्फत केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाईएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया