काठमाडौं – नेपाल पनुर्बीमा कम्पनीको नयाँ सीईओका लागि प्रतिस्पर्धी उम्मेदवारको अन्तरवार्ता आज साँझ ४ बजेदेखि सुरु हुँदै छ । गत मंसिर ३० गते हुने भनिएको अन्तरवार्तालाई रद्द गरेर आज अन्तरवार्ता गर्न लागिएको हो ।
आज उम्मेदवारहरूले व्यवसायीक योजना पनि प्रस्तुत गर्नुपर्ने बताइको छ । त्यसका लागि एक जनालाई ३० मिनेटको समय दिइनेछ । आज हुने अन्तरवार्ता फाइनल अन्तरवार्ता हो । उक्त अन्तरवार्ताको आधारमा छनोट समितिले ३ जनाको नाम सञ्चालक समितिमा पठाउने छ र सञ्चालक समितिले कुनै एक जनालाई सीईओ नियुक्त गर्नेछ ।
कम्पनीका निवर्तमान सीइओ चिरायु भण्डारी, कृषि विकास बैंकका पुर्व कमृचारी शेष नारायण आचार्य, राष्ट्रिय बाणिज्य बैंकका शंकर रायमाझी र नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक अशोक पौडेल फाइनलमा छन् ।
त्यसमध्ये अशोक पौडेललेको अन्तरवार्ता साँझ ४ बजे हुनेछ । यस्तै, चिरायु भण्डारीको ४ः३० बजे, शेष नारायण आचार्य ५ बजे र शंकर कुमार रायमाझीको ५ः३० बजे अन्रतवार्ता हुनेछ ।
गत मंसिर २२ गते उनीहरुको अन्तरवार्ता लिने कार्यक्रम तय गरिएको थियो । त्यो दिन हुन नसकेपछि मंसिर ३० गते अन्तरबार्ता गर्ने भनियो । तर, मंसिर ३० गते पनि बाँकी उम्मेदवारहरुको अन्तरवार्ता हुन सकेन । प्राविधिक समस्याका कारण मंसिर ३० गते अन्तरवार्ता गर्न नसकीएको कम्पनी पक्षको भनाइ छ ।
सीईओका लागि अशोक पौडेल र चिरायु भण्डारी बीच कडा प्रतिस्पर्धा भएको बताइएको छ । उनीहरु दुई जनाले नै प्रधानमन्त्री समक्ष यो कुरा पठाइसकेका छन् । उनीहरु दुई मध्ये एक जना कम्पनीको नयाँ सीईओ हुने प्रवल सम्भावना छ ।
प्रतिस्पर्धामा उत्रिएका युनाइटेड इन्स्योरेन्सका पूर्व सीईओ शेखर बराल र नविल बैंकका पुर्व कर्मचारी ज्ञानेश्वर आचार्य सेमी फाइनलबाट आउट भएका थिए ।
विबर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि कम्पनीले गत असोज १७ गते सीईओ पदका लगि नयाँ आवेदन खुलाएको थियो । त्यसमा ६ जनाले आवेदन दिएका थिए । कम्पनीले सीईओ छनोटका लागि अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । उक्त समितिमा नेपाल री का सञ्चालक रमेश राणा र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य पनि सदस्यको रुपमा रहेका छन् ।
प्रतिक्रिया