काठमाडौं - पछिल्लो समय मर्ज हुने बैंक तथा वित्तिय संस्थाको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकले पनि बैंक तथा वित्तिय संस्थालाई मर्जरमा जान निर्देशन दिँदै आएको छ । त्यसको प्रभावले मर्जरमा जाने बैंक तथा वित्तिय संस्थाको संख्या बढ्दै गएको देखिन्छ ।
बिशेषगरि पछिल्लो समय घ बर्गका वित्तिय संस्थाहरु मर्जरमा जान थालेका छन् । यसैक्रममा धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त पनि मर्जरमा जाने पक्का भएको छ । बुधबार पोखरामा दुई संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेर एक आपसमा गाभिने सहमती गरेका हुन् ।
मर्जपछि संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तिय संस्था हुनेछ । यस्तै, अध्यक्षमा धौलागिरीका अध्यक्ष ईश्वरलाल राजभण्डारी र सीईओमा आँधीखोलाका डोलराज केसी हुनेछन् । यसैगरि धौलागिरीका सीईओ शिवराज जोशीलाई डिसीईओको जिम्मेवारी दिने सहमति भएको छ ।
धौलागिरीको केन्द्रीय कार्यालय बाागलुङमा छ । यस्तै, आँधीखोला लघुवित्तको केन्द्रीय कार्यलय भने स्याङजामा रहेको छ, मर्जर पछि संस्थाको केन्द्रीय कार्यालय पोखरामा राख्ने सहमती भएको छ । आगमी बैशाख १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने गरि प्रक्रिया अगाडि बढाइने उनीहरुको भनाइ छ । मर्जपछि कम्पनीको चुक्तापुँजी १७ करोड पुग्नेछ ।
प्रतिक्रिया