समता लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रस्ताव गरेको बोनस शेयर पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि बसेको संस्थाको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पौष २९ गते मंगलबार दिउसो १ बजे होटल इच्छा प्रा लि सिमरा, बारामा साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया