प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच मर्जरमा जाने सम्बन्धि सम्झौता भएको छ।
हिजो एक कार्यक्रमका बिच प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यपिटलका अध्यक्ष एलपी भानु शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेसगैँ मर्जरमा जाने बाटो खुलेको हो ।
अन्य बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीको लहर चलिरहदाँ मर्चेन्ट बैंकहरु पनि मर्जर प्रकृयामा अघि बढ्न थालेका छन् ।
नियामक निकायले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर नीतिबाट मर्जरमा लगेपनि मर्चेन्ट बैंकिङ कम्पनीहरु भने स्वतःस्फूर्त रुपमा मर्जरमा गएका हुन्।
समृद्धि र प्रभुको मर्जर प्रक्रिया पूरा भएपछि कम्पनीको एकीकृत चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया