चिसो बढेपछि विद्यालय बन्द

६ बर्ष अगाडि


शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो । 

सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिए। बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि सप्तकोशी नगरपालिकास्थित सात आधारभूत विद्यालय र चार माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको नगर शिक्षा समितिले जनाएको छ ।

समितिले मङ्गलबारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताए । चिसो बढेपछि जिल्लाको विभिन्न स्थानमा काठ दाउरा बालिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया