प्रगतिशील लेखक सङ्घ दाङ शाखाले आज आफ्नो २७आँै स्थापना दिवसको अवसरमा जिल्लामा रहेर निरन्तर कलम चलाउने साहित्यकार एवं लेखकलाई नगदसहित सम्मान गरेको छ ।
सङ्घले साहित्य एवं लेखनमा भूमिका खेलेको भन्दै दाङका पुराना कम्युनिष्ट नेता माणिकलाल गौतम, पत्रकार एवं साहित्यकार सुशील गौतम, साहित्यकार सुष्मा शर्मा घिमिरे, प्रताप रेग्मी कुलबीर चौधरी, चन्द्रबहादुर थापा र प्रा डा भागवतप्रसाद शर्मालाई नगदसहित सम्मान गरेको थियो ।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, प्रगतिशील लेखक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष अमर गिरीले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । वरिष्ठ साहित्यकार एवं पत्रकार शर्माले समाज परिवर्तनका लागि साहित्यले अहम् भूमिका खेल्नुपर्ने बताए । उनले देश समय परिस्थिति र राष्ट्रको हितका लागि साहित्यकारले आफ्नो कलम चनाउनुपर्ने धारणा व्यक्त गरे ।
प्राध्यापक डा अमर गिरीले प्रगतिशील लेखकले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार निमबहादुर थापाद्वारा लिखित समीक्षा पुस्तकको समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया