नेपाल पत्रकार महासङ्घ र मिश्री–विजय फाउण्डेशनबीच ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने सहमति भएको छ । पुरस्कार स्थापना गर्नका लागि महासङ्घ अध्यक्ष गोविन्द आचार्य तथा फाउण्डेशनका अध्यक्ष विजयलाल श्रेष्ठले आज सहमतिपत्रमा हस्ताक्षर गरेको हो । । रु एक लाख ११ हजार १११ राशिको पुरस्कार ‘भक्तलाल स्मृति दिवस’ को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट वितरण गरिनेछ ।
महासङघका अध्यक्ष आचार्यले ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहानियाँ राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवनसङ्गिनीले गरेको योगदानको बारेमा चर्चा हुने बताए। उनले उक्त पुरस्कारले पत्रकारलाई हौसला दिनेसमेत बताए ।
विसं १९९७ का चार शहीदमध्ये गङ्गालाल श्रेष्ठका कान्छा भाइ तथा मिश्री–फाउण्डेशनका अध्यक्ष श्रेष्ठले आफ्ना आमाबुबाले गर्नुभएको योगदानको सम्मानस्वरुप उक्त पुरस्कारको स्थापना गरिएको बताए ।
पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पु¥याउने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको हो ।
प्रतिक्रिया