यो वर्षको क्यान इन्फोटेक मेलाको म'ख्य प्रायोजन ‘प्रभु पे’ मोवाईल वालेटले गर्ने भएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले फागुन हरेक वर्ष गर्ने मेलाको यसवर्षको मुख्य प्रायोजन प्रभु पे ले गर्ने भएको हो ।
मेलाको सह–प्रायोजक वल्र्डलिंक कम्युनिकेशन र अफिसियल इन्सुरेन्सको रुपमा प्रभु इन्सुरेन्सले प्रायोजन गर्ने भएका छन् ।
२६ औं संस्करणको क्यान इन्फोटेक मेला आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको हो ।
छ दिनसम्म चल्ने प्रदर्शनीमा राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
एसोसिएसनले यसपटक प्रदेशस्तरमा मेला आयोजना गर्ने भएको छ ।
उपत्यका बाहिर प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीमा पनि प्रदर्शनी आयोजना गरिने क्यानले जनाएको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० बारे चेतना बढाउने उद्योग तथा उद्यमीको आवश्यकता बुझि त्यसका लागि चाहिने सहयोग उपलब्ध गराउन क्यान इन्फोटेक २०२० को आयोजना गरिएको आयोजकले बताएको छ ।
क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको बताए ।
प्रतिक्रिया