धौलागिरी र आँधिखोला लघुवित्त गाभिने

६ बर्ष अगाडि

स्याङ्जाको आँधिखोला लघुवित्त वित्तीय संस्था र बाग्लुङको धौलागिरी लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् ।

दुई लघुवित्तले आपसमा गाभिने सम्बन्धमा बुधबार पुस २ गते सम्झौता भएको हो । 

दुई संस्था गाभिए पश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त  रहने छ  । 

गाभिएपछि लघुवित्तको चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ । 
हाल आँधिखोला लघुवित्तको चुक्ता पूँजी १० करोड र धौलागिरी लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । 

मर्जर सम्झौतासँगै बिहीबारबाट आँधिखोला लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ । 

आँधीखोलाले सर्वासाधारणका लागि सेयर जारी गरेर नेप्सेमा सुचीकृत भइसकेको छ भने धौलागिरीले सर्वसाधारणका लागि सेयर जारी गरेको छैन।

६ बर्ष अगाडि

प्रतिक्रिया