मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले शपथ ग्रहण गराएका छन् ।
मुक्तिनाथ विकास बैंककोे ते¥हौं वार्षिक साधारण सभाले ढकालको अध्यक्षतामा आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको थियो । ज
समा संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मानश्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मलाकुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको थियो ।
बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ ।
नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहनु भएका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।
प्रतिक्रिया