पेप्सीले १ करोड २९ लाख भ्याट छल्यो, २ अर्ब जरिवानाको मुद्धा

६ बर्ष अगाडि

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर राजस्व छलेको भन्दै पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध मुद्धा परेको छ । 

राजश्व अनुसन्धान विभागले १ अर्ब २९ करोड ९२ लाख भ्याट छलेको भन्दै वेभरेजका सञ्चालक अमित गुप्तासहित ७ जना बिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । 

वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएकोले करिब २ अर्ब रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ । 
को हो ।

वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया