त्रिभुवन विश्वविद्यालय त्रिविबाट विभिन्न विषयमा उत्कृ स्थान हासिल गर्न सफल विद्यार्थीले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताएका छन् ।
त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचायले भविष्यमा नेपालमै सेवा गर्ने बताएका छन। ।
अहिले नेपाल टेलिकममा वरिष्ठ इञ्जिनीयरिङसमेत रहेका उनले भने, “अहिले पनि म सरकारी सेवामा छु, यही सेवामा रही मुलुकको सेवा गर्ने हो ।” मेहनतको फल पदक पाएपछि राष्ट्रिय भाव अझ जागृत भएको महसुस आफूलाई भएको उनले बताए।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याउनुभएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाएका छन। । चान्सलर पदक त्रिविमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रदान गरिन्छ । सो पदकमा करीब तीन तोला सुन रहेको हुन्छ । चान्सलरसहित उनले त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पनि पाएका थिए ।
यसैगरी अर्का तीन पदक प्राप्त गरेका विद्यामान महताराले पनि देश र समाजको सेवा गर्ने बताएका छन। । अहिले नेपाल राष्ट्र बैँकमा सहायक निर्देशकको रुपमा कार्यरत ररेका उनले मुलुकमा काम गर्ने वातावरण बन्दै गएकाले यहीँ रहेर सेवा गर्ने सङ्कल्प गरे।
“पहिला बाहिर जाने सोचमा थिएँ”, डोल्पा जगदुल्लाका महताराले भने, “नेपाल राष्ट्र बैंकमा नाम निकालेको र दीक्षान्तमा पनि पदक पाएकाले मुलुकमा रहेर नै सेवा गर्ने इच्छा जागेको छ ।” अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा ३.८६ सिजिपिए ल्याई सर्वोकृष्ट भएका महताराले आज खगेन्द्रमानसिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गोल स्मृति पुरस्कार पाएका छन।
यसैगरी दुई पदक प्राप्त गरेका सगीना महर्जनले पनि नेपालमा नै सेवा गर्ने इच्छा रहेको बताइन । अहिले चावहिलस्थित डियर वाक कलेजमा अध्यापन पेशामा आवद्ध रहेकी उनले आफ्नो क्षेत्रको काम अहिले प्राप्त नभएकाले विदेशमा गई विद्यावारिधि गरेर नेपालमै काम गर्ने बताइन।
रसायनशास्त्र विभागबाट एमएस्सीमा ३.९८ सिजिपीए अङ्क ल्याएकी महर्जनले अमृत पदक र पिएमसी पदक प्राप्त गरेकी छिन। सो अवसरमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ३१ पदक÷पुरस्कार प्रदान गरिएको थियो । थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई÷दुई पुरस्कार पाएका थिए।
स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याउनुभएका गौतमले ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाएका छन। शङ्करदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तहबिबिएमा ३.९३ सिजिपिए अङ्क ल्याउनुभएका खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक र मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाएका छन।
दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।
प्रतिक्रिया