अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै धेरै वर्षअघिदेखि रोकिएको अमेरिकी मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौता संसदबाट अुनमोदन हुने भएको छ ।
शुक्रबारबाट शुरु हुने संसद अधिवेशनमा यो सम्झौता पारित हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।
एमसीसी सम्झौता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बहसको विषय बनेको थियो ।
संसदको अघिल्लो अधिवेशनबाटै पारित हुनुपर्ने भएपनि नभएकोले उक्त सम्झौता यसपटक पारित हुने प्रवक्ता बाँस्कोटाको भनाई छ ।
केही व्यक्तिका निजी धारणाले एमसीसी संसदबाट पारित हुन नरोकिने भन्दै उनले मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा भएको बताए ।
उनले उक्त सम्झौता अमेरिकासँगको सैन्य गठबन्धनमा जाने भन्ने नभएको भन्दै नेपालले कम्युनिस्ट मुलुकसँगमात्र सम्बन्ध राख्ने भन्ने तर्क राख्न पनि नहुने बताए ।
नेकपाको स्थायी समिति बैठकमा नेताहरुले भने इण्डो प्यासिफिक रणनीतिको अंग भन्दै सम्झौतामा परिर्माजन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया