साताको अन्तिम कारोबार: परिसूचक २ अंकले घट्दा ४१ करोडको कारोबार

६ बर्ष अगाडि

आज साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २.४२ अंकले घटे्को छ ।

आज ११५२.०७ विन्दुबाट शुरु भएको कारोबार बजार खुले पहिलो घण्टामा २ अंकको हारहारीमा उक्लीए पनि  अन्तिममा २.४२ अंकले घटेर ११४९.५६ विन्दुमा पुगेको हो ।

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२५ अंकले घटे्को छ । नेप्से परिसूचकमा गिरावट आए पनि हिजोको तुलानामा कारोबार रकम भने बढेको छ । 

बुधबार जम्मा २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज १२ लाख ८९ हजार १३४ कित्ता शेयर किनबेच हुदाँँ ४१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज कारोबारका लागी आएका १२ समूह मध्ये ६ समूहका सूचक बढेको छ भने अन्य ६ समूह घटे्को छ ।

आज ११ बजे ११५२.०७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक ०.२९ प्रतिशतले घटे्को छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया