ग्राकहलाई थप सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले एनसिएलले सुलभ दरमा असिमीत कुराकानी गर्ने पाउने सुविधा ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा कुरा गर्नै सक्नेछन।
एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० रु १२.७७ कर सहित मा असिमित कुराकानी गर्न सक्नेछन् ।
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार पुष ३० देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने छ ।
प्रतिक्रिया