परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने

६ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जी आई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । आज एक कार्यक्रम बीच सो कार्यको सुरुवात गरिएको घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले न्क्ष्श्(ल्भ्भ्ए सँग परिसंघले सहकार्यको सम्झौता भइसकेको जानकारी समेत गराएका थिए । परिसंघका सदस्य प्रतिष्ठानलाई सेवा तथा सुविधा
उपलब्ध गराउन परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापना समेत गरिएको जानकारी उनले गराएका थिए । यस डेस्क अन्तर्गत परिसंघले ऊर्जा दक्षता विकास तथा सचेतना बढाउने कार्यलाई अगाडी
बढाउने प्रतिवद्धता व्यक्त गरे । 

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले ऊर्जा दक्षताको महत्व बारे प्रकाश पार्नु भएको थियो । यस्ता कार्यक्रमहरुले ऊर्जाको खपत कम गरी वस्तु उत्पादनको लागत मात्र कम नभई विभिन्न ऊर्जाजन्य
वस्तुको आयातमा समेत कमी आउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा जर्मन राजदूतावासका  लेजर्मन संघीय सरकारले नेपाललाई ऊर्जा दक्षताको क्षेत्रमा मात्र नभएर अन्य विविध क्षेत्रमा सहयोग गर्न सक्ने बताउँदै यस विषयमा परिसंघसँग
सघन छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

जर्मन संघीय सरकारकोआर्थिक सहयोग तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोग–जीआईजेडको प्राविधिक सहयोगमा नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयद्वारा
कार्यान्वयन गरिएकोनेपाल ऊर्जा दक्षता कार्यक्रमको प्रमुख उद्देश्य ऊर्जा दक्षतालाई नेपालमा ऊर्जाको एक श्रोतको रुपमा पहिचान गराएका छन् । 

सन २०१० देखि सञ्चालित यस कार्यक्रमको हालको कार्यक्षेत्र नेपालमा ऊर्जा दक्षता तथा ऊर्जासंरक्षणको निमित्त नीति निमार्ण, विद्युतको माग तथा आपुर्तिको वितरणमा नेपाल विद्युत प्राधिकरणको क्षमता अभिवृद्धि, ऊर्जा दक्षताको सेवा तथा वस्तुहरुको बजार विस्तार तथा उच्च शिक्षा तथा प्राविधक शिक्षामा ऊर्जा दक्षता विषय समाहित गर्ने रहेको छ ।

कार्यक्रममा परिसंघका अर्का उपाध्यक्ष विरेन्द्रराज पाण्डेले ऊर्जा बचाउनु भनेको ऊर्जा उत्पादन गरे सरहभएको भन्दै हाल विद्युतीय ऊर्जाको उपलब्धता बढ्दै गएको सन्दर्भमा यसको प्रयोग विविधीकरण
गर्न आवश्यक रहेको बताएका छन् । 

उक्त कार्यक्रममा नेपाल ऊर्जा दक्षता कार्यक्रममा प्रमुख प्राविधिक सल्लाहकार फ्रयंक ब्रुमर, ऊर्जा दक्षता कम्पोनेन्ट लिड डा. सञ्जय गोखाली तथा ऊर्जा दक्षता विशेषज्ञ खेमराज भण्डारीले ऊर्जा दक्षताका विभिन्न आयमहरुका बारेमा विस्तृत जानकारी दिएका छन् । 

जर्मन संघीय सरकारको आर्थिक विकास तथा विकास मन्त्रालय अन्तर्गत ऊर्जा दक्षता विकास गर्न छुट्टै कोष समेत रहेको र सो कोषले ऊर्जा विकास गर्ने उद्योगहरुलाई आर्थिक सहयोग समेत गर्ने जानकारीका नेपाल स्थित परामर्शदाता ज्ञानेन्द्र उपाध्यायले गराएका छन् । कार्यक्रममा परिसंघमा आवद्ध विशिष्ट उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया