घर बनाउने सोचमा हुनुहुन्छ ? सानिमा बैंकले दिन्छ तपाईलाई चाहिए जति ऋण

६ बर्ष अगाडि

काठमाडौं – के तपाई नयाँ घर बनाउने सोचमा हुनुहुन्छ ? पैसाको खोजीमा हुनुहुन्छ भने सानिमा बैंकले तपाईलाई सहज रुपमा घर बनाउनका लागि ऋण दिने योजना ल्याएको छ ।

आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा प्रथम घर कर्जा को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।

यस योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने जनाएको छ ।

ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न सानिमा प्रथम घर कर्जा अन्तर्गत कर्जा प्रवाह गर्दा तोकिएको ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले सानिमा प्रथम घर कर्जाको आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया