तलब तथा ज्यालादरमा १० प्रतिशतको वृद्धि

५ बर्ष अगाडि

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क मा बृद्धि आएको छ ।

नेपाल राष्ट्र बैंकलेले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को चार महिने आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तलब तथा ज्यालादर सूचकाङ्क  १०.४५ प्रतिशतले बढेको देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधीमा यो  सूचकाङ्क ८.९० प्रतिशतले बढेको थियो ।

त्यस्तै बैंकको प्रतिवेदन अनुसार समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६१ प्रतिशतले बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया