चामलको भाऊ बढाउन यस्तो सम्म भयो, सरकारी कम्पनीका कर्मचारी नै विचौलिया

६ बर्ष अगाडि

काठमाडौं – चामलको मूल्य बढाउन सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीसँग अवैध साँठगाँठ गरेको पाइएको छ । खाद्यान्न अभाब हुन नदिन चामल खरिद गरि दुर्गममा बिक्रि वितरण गर्दै आएको सो कम्पनीले बढी मूल्य तिरेर दलाल मार्फत धान खरीद गरेको एवम् विगतको वर्षको तुलनामा कम मात्रै धान खरीद गरेर चामलको भाऊ बढाउन खोजिएको पाइएको छ ।

खाद्यान्नमा हुन सक्ने अभावलाई रोक्न धान खरिदलाई प्रथामिकता दिइएता पनि यो बर्ष चामलको मुल्य बढ्न सक्ने भन्दै स्वमय् कम्पनीले नै हल्ला चलाएको छ ।

बजारमा अनियन्त्रित मूल्य बढ्न नदिन तथा आवश्यक पर्दा बजार हस्तक्षेप गर्न धान खरिदलाई प्रथामिकता दिइएको भएपनि सरकारी स्वामित्वको कम्पनीले नै व्यापक चलखेल गरेको पाइएको छ ।

समयमा समर्थन मुल्य निर्धारण नहुने र कृषकले पर्याप्त धान भण्डारण गर्न नसक्ने हुँदा व्यपारीलाई धान बिक्री गर्न पर्ने बाध्यतामा कम्पनीले समेत खेलाची गरेको पाइएको छ ।

यो बर्ष संस्थानको चामलको मुल्य भने केहि बढि हुने स्वमय् कम्पनीले नै हल्ला गर्नु, व्यापारीलाई फाइदा हुने काममा कम्पनीका उच्च व्यवस्थापनमा रहेका श्रीमणिराज खनाल नै लाग्नुले पनि केही अनियमितता भएको स्पष्टै बुझन् सकिन्छ ।

खनालका अनुसार यस बर्ष धानलाई नै बढि मुल्य दिएकाले चामलको मुल्य बढ्न सक्ने बताउँछन् ।

किसनाको खेतबाट सिधै संस्थानको खरिद केन्द्रमा आएको धान आलो छ, रहेको र सोही कारण तौल बढी भएको पाइएको छ ।

लामो समय भण्डारण गर्दा तौल घट्नुका साथै उचित भण्डारण नहुँदा बिग्रन सक्ने भएकाले चामालको मुल्य बढ्ने कम्पनीले तर्क गरेको छ ।

यो बर्ष मात्रै कम्पनीले ९५ हजार क्विन्टल धान खरिद गरेको छ । पुर्वमा भन्दा पश्चिम क्षेत्रमा पहिले धान तयार हुने भएकाले धनगढि, नेपालगञ्ज, भैरहवा क्षेत्रमा धान बढी खरीद गरिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया