बैंकहरूको ४ हजार शाखाः तर, १२ स्थानीय तह बैंक बिहीन, प्रदेश ५ मा भने सबै तहमा बैंक

६ बर्ष अगाडि

काठमाडौं – नेपालभर २७ बाणिज्य बैंकले ३ हजार ९३५ शाखा विस्तार गरेका छन् । तर, यतिका शाखाले अझै १२ स्थानीय शाखालाई छुन सकेका छैन्न ।
हाल नेपालमा ७५३ ओटा स्थानीय तहमा छन् । त्यसमध्ये कात्तिकसम्म ७४१ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई बिभिन्न स्थानीय तह तोक्दै २०७५ असारसम्ममा त्यहाँ शाखा विस्तार गर्न निर्देशन दिएको थियो । तर, अझै बाणिज्य बैंकहरूले १२ स्थानीय तहमा शाखा विस्तार गर्न सकेका छैनन् । 
बाणिज्य बैंकहरुले दुर्गम ठाउँहरूमा शाखा विस्तार गर्न समस्या भएको बताउँदै आएका छन् । यद्यपि, तोकिएको ठाउँमा शाखा विस्तार गर्ने बैंकहरुको भनाइ छ । दुर्गम ठाउँमा शाखा विस्तार गर्न बैंकहरुलाई प्रावधिक समस्या देखिएपछि राष्ट्र बैंकले यसमा पनि कडाई गरेको छैन ।
प्रदेश न. १ का १, प्रदेश न. २, प्रदेश न. ३ मा २ गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । प्रदेश ५ को १०९ स्थानीय तहमा नै बैंकको शाखा पुगेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया