दाङको तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएकी छन् ।
तुलसीपुर सल्यान रोड सडक खण्ड अन्र्तगत गोदामघर नजिकै ट्याक्टरले आज बिहान ठक्कर दिँदा तुलसीपुर ७ शिवनगर निवासी बेदबहादुर केसीका छोरी १३ वर्षीया विजिता केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो।
त्यस्तै सोहि ठाउँ निवासी उमा वलीको छोरी १४ वर्षीया मनिषा वली घाइते भएकी छिन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया