काठमाडौं - देशबाट बाहिरीने र भित्रिने रकम बीचको अन्तर अर्थात् शोधनान्तर स्थिती नाफामा रहेको छ । गत आर्थिक बर्ष भर घाटामा रहेको शोधनान्तर स्थिती चालु आवमा भने लगातार नाफामा छ ।
शोधनान्तर नाफा एक महिनाको अवधीमा मात्रा झण्डै दोव्वर भएको छ । गत असोजमा शोधनान्तर स्थिती १४ अर्ब ४३ करोडले नाफामा थियो, कात्तिकसम्म आउँदो यस्तो नाफा रू. २७ अर्ब २९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आवको सो अवधीमा शोधनान्तर स्थिती रू. ५७ अर्ब ३३ करोडले घाटामा थियो ।
बैदेशिक लागनी र ऋण बढ्दै गएपछि शोधनान्तर स्थिती नाफामा आएको हो । साथै, आयात घट्दै र निर्यात बढ्दै गएपछि पनि शोधनान्तर स्थितीमा सुधार देखिएको हो । यसका अलावा विदेशमा भम्रणमा दिइने विदेशी मुद्रा सटही सुविधालाई पनि कडाई गरेपछि शोधनान्तर स्थिती नाफामा आएको हो ।
प्रतिक्रिया