श्रम मन्त्रालका प्रवक्ता नै भन्छन: 'विदेशमा नेपाली कामदारको मृत्यु हुनु सामान्य हो'

५ बर्ष अगाडि

काठमाडौं – श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवत्ता नारायण रेग्मीले नेपालीले विदेशमा नेपाली कामदारको मृत्यु हुनुलाई सामान्य भएको टिप्पणी गरेका छन् । 

आज नयाँ पत्रिकाले विदेशमा मृत्यु हुने नेपाली कामदारको बिषयमा समार प्रकाशित गरेको छ ।उक्त समचारमा उनले उनले बाइट दिदैँ  विदेशमा दुर्घटना र मृत्यु हुनु सामान्य भएको बताएका हुन् ।  तसर्थ त्यसलाई हामीले रोक्न नसकिनले उनको भनाइ छ । 

विदेशमा ज्यान गुमाउने परिवारका लागि यो अत्यन्त पिडादायीक र दर्दानक अवस्था हो । तर, मन्त्रालयको एउटा जिम्मेवार पदमा बसेका व्यक्तिले यसलाई सामान्यमा रुपमा विश्लेषण गरेको देखिन्छ ।

साथै, उनले विदेशमा मृत्यु हुने कामदारको संख्या पनि अन्यन्त कम भएको दावी गरेको । नेपालदेखि जानेका कामदारको तुलनामा त्यो संख्या कम भएको उनको भनाइ हो । 
५ बर्षमा ४ हजार १५३ नना नेपाली कामदारले ज्यान गुमाएको समाचारमा उल्लेख छ । तर, उनले त्यो मृत्यु कम भएको दावी गरे । यतिका नेपालीले विदेशमा ज्यान गुमाउँदा उनले कम हो भनेर टिप्पणी गर्दा अनौठो देखिएको छ ।

नयाँ पत्रिकाले दैनिक २ अर्ब रेमट्यिान्ससँगै दुई भन्दा बढी शब पनि नेपाल आउने गरेको भन्दै बिश्लेषणत्मक समाचार प्रकाशन गरेको  छ । तर, प्रवक्ताले यस्तो गहन समाचारमा हल्ला रुपमा आफ्नो भनाइ व्यक्त गरेका छन् । विदेशमा नेपाली कामदारको के कारणले मृत्यु भइरहेको छ भन्ने बारे वैदेशिक रोजगार बोर्डले अध्ययन गरेको उनको भनाइ छ । साथै, उनले कामदार जोखिममा पर्ने कारण पत्ता लगाएर समस्या समाधान गर्ने कोसिसमा भएको बताए । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया