जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

६ बर्ष अगाडि

आज बिहीवार बिहान  ७ः३० बजे उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । 
 भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । 

उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको दुर्घटनामा मृत्यु भएको छ।  घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया