सानिमा बैंकले सानिमा पहिलो घर कर्जा नामक नयाँ सुबिधा ल्याएको छ ।
बैंकले घर बनाउन र खरिद गर्न लागेका आफ्ना ग्राहकलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो ।
यस योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरुले कर्जा लिदा व्याजदर र सेवा शुल्कमा आकर्षक छुट पाउनेछन् ।
त्यस्तै कर्जा लिने ग्राहकहरुलको मासिक किस्ता रकम कर्जा अवधि भर यथावत रहनेछ । २५ वर्ष सम्म कर्जा अवधि रहेको उक्त योजनामा ग्राहकले आफुले राख्ने धितोको ७० प्रतिशत सम्म कर्जा पाउनेछन् ।
बैंकले उक्त कर्जा लिने ग्राहकलाई निशुल्क क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
प्रतिक्रिया