बैदेशिक भम्रणमा हुने खर्च घट्दै, भम्रण आय भने बढ्दै

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो चौमासमा नेपालीले विदेश भम्रणमा गर्ने खर्च २६ प्रतिशतले घटेको छ । गत आवको पहिलो चौमासमा यस्तो खर्च ३४ अर्ब ९१ करोड रुपैयाँ  थियो । तर, अहिले त्यो रू. २५ अर्ब ८० करोडमा सिमित भएको छ ।
नेपाल राष्ट्र बैंकले विदेश भम्रणमा दिइने विदेशी मुद्रा सटही सुविधालाई कडाई गरेपछि यस्तो खर्च घटेको हो । राष्ट्र बैंकले बैदेशिक भम्रणमा दिइने मुद्रा सटही सुविधालाई मौद्रिक नीति मार्फत कडाई गर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चौमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भने बढ्दै गएको छ । समिक्षा अवधीमा विदेशी पर्यटकले नेपालमा रू. २७ अर्ब ८९ करोड खर्च गरेका छन् । यो गत आवको सो अवधीको तुलनामा ११.३ प्रतिशतले बढी हो । गत आवमा विदेशी पर्यटक मार्फत रू. २५ अर्ब ६ करोड बराबरको आम्दानी भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया