जानकी फाइनान्सले आफ्नो २३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि कम्पनीको सञ्चालक समितिको वैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीका २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
हाल ४९ करोड २१ लाख चुक्ता पूँजी रहेकोकम्पनीको प्रस्तावित बोनस वितरण पश्चात पूँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया