नयाँ नेपाल लघुवित्तको शेयर मूल्य समायोजन

६ बर्ष अगाडि

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन गरेको छ ।

संस्थाले साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

यस अघि लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५०५ रुपैयाँ कायम गरेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया