ए डिभिजन लिगमा मनाङको बिजयी सुरूवात

६ बर्ष अगाडि

ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लव विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई दुई शुन्यले हरायो । सुरुवातमा नै आक्रामक देखिएको मनाङले खेलको २८ औं मिनेटमा मनाङले अग्रता बनायो । उसका लागि बिमल रानाले हेड मार्फत उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको ३५ औं मिनेटमा उनकै गोलमा मनाङले अन्तर दुई शुन्यमा पुर्यायो । एपीएफको डिफेन्समा तालमेल नमिल्दा विमलले डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरे ।

पहिलो हाफमा दुई गोलले अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि दबावमुखी खेल खेलेको थियो । तर पहिलो हाफको तुलनामा सुधारीएको प्रदर्शन गरेको एपीएफले मनाङको प्रहारलाई रोक्न सफल भयो । तर उसले आफुले भने खेलमा फर्कने प्रयासमा असफल बन्यो । यो जितले मनाङले तीन अंक बनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया