नेप्सेमा निराशा : तिन अंकले घट्दा २९ करोडको कारोबार

६ बर्ष अगाडि

हिजो झिनो अंकले वृद्धि भएको शेयर बजार आज पुन ओरालो लागेको छ ।

आज ११५५.३४ विन्दुबाट शुरु भएको कारोबार बजार खुले पहिलो घण्टामा २ अंकको हारहारीमा उक्लीए पनि  अन्तिममा ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा पुगेको हो ।

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८० अंकले घटे्को छ । नेप्से परिसूचकमा गिरावट आए पनि हिजोको तुलानामा कारोबार रकम भने बढेको छ । 

मंगलबार २७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो  भने आज ९ लाख ४७ हजार ८५३ शेयर किन बेच हुदाँँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएको १२ समूहको मध्ये ३ समूहका सूचक बढेका छन् भने अन्य तिन समूह घटे्का छन् ।

आज ११ बजे ११५५.३४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक ०.२९ प्रतिशतले घटे्को छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया