गोरु ब्यापारी अख्तियारको फन्दामा

६ बर्ष अगाडि

प्रहरीलाई घुस दिन खोज्ने गोरु ब्यापारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

स्याङ्जाको वडा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको जहरीद्धिन तेली पक्राउ परेको  अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

बुधवार प्रहरी निरिक्षक आफ्नै कार्यलयमा रहेको बेला गोरु ब्यापारमा सहयोग गर्नुपर्यो भन्दै तेलीले १५ हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ । 

प्रहरीले नै त्यसपछि तेलीलाई अख्तियारलाई जिम्मालगाएको थियो । यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया