नेपाल धितोपत्र बोर्डले शेयर बजारमा सुधार ल्याउन विभिन्न ऐन तथा नियामावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
बजारको कामकारबाहीलाई थप नियमित तथा व्यवस्थित गर्ने उद्देश्यले बोर्डले धितोपत्र सम्बन्धी एने तथा बिभिन्न नियामवली संशोधन गर्न लागेको हो । धितोपत्र सम्बन्धी नयाँ ऐन हाल संघीय संसदमा विचराधीन अवस्थामा छ ।
यसका अलावा अन्य नियामावली तथा ऐनका केही बुदाँहरुलाई संशोधन गर्ने प्रस्ताव अर्थमन्त्रालय पठाइसकेको बोर्डले जनाएको छ । धितोपत्र बजारलाई अन्तरराष्ट्रिय अभ्यासअनुसार अगाडि बढाउने गरि नयाँ नीति गत व्यवस्था गर्न लागेको बोर्डका प्रवत्ता निरज गिरीले बताएका छन् ।
परिमार्जन गर्ने भनीएका नियामावालीहरु अर्थ मन्त्रालय पठाइसकेको र मन्त्रालयले स्वीकृति दिए लग्तै व्यवस्थित ढङ्गले काम र्कावाही अघि बढउने धितोपत्र बोर्डका गिरीले बताए । यस ले धितोपत्र बजारमा सुधार आउने अपेक्षा गरिएको छ ।
'हामीले ४ मुख्य मुख्य वुदाँहरु अर्थ मन्त्रालयमा पेश गरिसकेका छौँ, आजको अर्थसगँको कुरा गर्दैै उनले भने, 'यस बारे हामी सबै बिच छलफल भइरहेको छ, अब चाडै नै उक्त ऐन तथा नियामावली संशोधन हुने छ' ।
यस्तो छ बोर्डले अर्थमन्त्रालयमा पठाएको संसोधन प्रस्ताव
धितोपत्र व्यवसायी नियमावली : धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली संशोधन स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरेको छ ।
सामूहिक लगानी कोष नियमावली : यस नियामावाली अन्तगर्त बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित कम्पनीहरूलाई समेत सामूहिक लगानी कोषमा प्रवेश गराउन संशोधन प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ ।
क्रेडिट रेटिङ्ग : धितो पत्र बोर्डले प्रस्ताव गरेको क्रेडिट रेटिङ्ग सम्बन्धी नियामावलीमा नियामावली संशोधन गर्न धितोपत्रको सार्वजनिक निष्काशन गर्न संस्थाको रेटिङ्ग गराएर मात्र गर्नुपर्ने र रेटिङ्ग समावेश गरेर मात्र विवरणपत्र वा बिक्री प्रस्ताव वा अन्य विवरण प्रकाशन गर्नुपर्ने लगायतका कुरा हरु समोवेश गरिएको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली : उक्त नियामावली अन्तगर्त हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म बढी आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधनका लागी प्रस्ताव अघि सारीएको छ ।यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
भित्री कारोबार निषेधसम्बन्धी नियमावली : धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न यस नियामावाली संशेधनका लागी प्रस्ताव गरिएको छ ।
धितोपत्रमा हालै भएका केही सुधार
धितो पत्र बोर्डले यो अवस्था सम्म आइपुग्दा बजार सुधार्न विभिन्न कदम चालीरहेको छ । बोर्डले विभिन्न नियामावलीहरु संशोधनका प्रस्ताव अघि सारी रहदाँ धितोपत्रमा केही सुधारका काम पनि भएका छन् ।
बोर्डले हालै धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरेको छ । लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेका छन् ।त्यस्तै बोर्डले धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको छ ।
त्यस्तै बोर्डले धितोपत्र बजारमा लगानीकर्ताहरुको सहभागिता बढाउँदै लैजान देशका विभिन्न स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियोमार्फत् पूँजी बजारसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ।
त्यस्तै बोर्डले भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरेको छ भने उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सो को अध्ययन भैरहेको छ ।
प्रतिक्रिया