कलाकार आनन्द थापाको निधन

६ बर्ष अगाडि

कलाकार आनन्द थापाको ८० बर्षको उमेरमा निधन भएको छ । दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका थापाको गएराती निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान साढे १० बजेदेखि  पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

थापाले खेलेका ‘मनको वाँध, कुमारी, कान्छी, मायाप्रिती, प्लान, राज, ठूली, बरदान, त त साह्रै विग्रिस नी वदरी, मलाई मन पर्यो’ लगायतका चलचित्र छन् ।

यस्तै, थापाले दर्जनौ टेलिसिरियलमा पनि काम गरेका छन् । २ बर्षदेखि उनी प्यालाइसिसका कारण थलिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया