काठमाडौं – आईफोन लगायतका सामग्री उत्पादन गर्ने एप्पल कम्पनीको शेयर मुल्य पछिल्लो समय निरन्तर बढ्दै गएको छ । गत बर्ष एप्पलले आफ्नो नाफा घट्ने भनेर घोषणा गरेपछि कम्पनीको शेयर मुल्य घट्न थालेको थियो । तर, अहिले भने कम्पनीको शेयर मुल्य निरन्तर बढ्दै गएको छ ।
गत बर्ष चीनमा आईफोनलाई प्रतिवन्द लगाएपछि एप्पले नाफा घट्ने भनेर घोषण गेको थियो । जसले गर्दा कम्पनीको बजार मुल्य घट्दै गएको थियो । तर, अहिले भने निरन्तर बढ्दै गएको छ ।
गत बर्ष डिसेम्बर १८ मा कम्पनीको शेयर मुल्य १६६.०७ डलर थियो । तर, यो डिसेम्बर १८ सम्म आउँदा त्यो बढेर २८०.४१ डलर पुगेको छ । एक बर्षमा एप्पलको शेयर मुल्य ११४.३४ डलरले पुगेको देखिन्छ । एप्पल अमेरिकाको नासडाक स्टक एक्सचेन्जमा दर्ता छ । सन् १९९० को दशकमा उक्त एक्सचेन्जमा दर्ता हुँदा यो कम्पनीको शेयर मुल्य एक डलर पनि थिएन ।
नासडाककाअनुसार पछिल्लो समय एप्पलको शेयर मुल्य निरन्तर बढ्दै गएको छ । त्यहाँका बिश्लेषकहरुले पनि एप्पलको बजार आशलाग्दो रुपमा बढेको बताउँदै आएका छन् ।
हालै एप्पलले आईफोन ११ मोवाइल बजारमा ल्याएको छ । यस्तै अन्य नयाँ प्रडक्ट पनि लन्च गरेको छ । ती प्रडक्टले राम्रो बजार पाएपछि शेयर बजारमा प्रभाव परेको हो । साथै, एप्पलको भावी व्यवसायीक रणनीति लगायतका कारणले पनि यसले पछिल्लो समय शेयर बजारमा उच्च बृद्धि लिँदै आएको छ ।
यस्तो छ, पछिल्लो एक बर्षमा एएप्पलको शेयर मुल्यको स्थीति
प्रतिक्रिया