समता लघुवित्तको हकप्रद शेयर बाँडफाँड, कसलाई कति परयो

६ बर्ष अगाडि

काठमाडौं – समता लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । लघुवित्तले गत भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ः२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

सोमध्ये लघुवित्तले १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँट गरेको हो। निष्कासन अवधिभर रितपूर्वक आवेदन  दिएका कूल ५ हजार ४३३ जना शेयरधनीहरुलाई सो शेयर बाँडफाँट गरेको हो । बाँडफाँट नभएको १ लाख ६२ हजार ६० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।

बाँडफाँटमा नपरेको हकप्रद शेयरबापतको रकम पुस ३ गते बिहीबारदेखि फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

हाल रु ६ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात रु १८ करोड २० लाख १६ हजार पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया