ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

६ बर्ष अगाडि

बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले सात लाख रुपैयाँको चेक हस्तान्तरण गरे । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।


गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् । 


दलित परिवारलाई चामल


सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाएका छन् । लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरितको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँडेका हुन् । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया