काठमाडौं – मंसिर महिनामा नेपाली शेयर बजार तथा नेपाल स्टक एक्सचेञ्ज १८.१७ विन्दुले बढेको छ । महिनाको पहिलो दिन मंसिर १ गते ११३५.९५ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । महिनाको अन्तिम दिन मंसिर ३० गते त्यो परिसुचक १.५९ प्रतिशतले बढेर ११५४.१२ विन्दुमा पुगेको छ ।
यस बिचमा नेप्से परिसुचक ११७२.६२ विन्दुसम्म पुगेको थियो । मंसिर २६ गते नेप्से परिसुचक सो विन्दुमा पुगेको हो । यस्तै, यो अवधीमा नेप्से परिसुचक घटेर ११०९.१७ विन्दुमा पनि पुगेको थियो । मंसिर १० नेप्से परिसुचक घटेर सो विन्दुमा पुगेको हो ।
मंसिरमा नेप्से परिसुचक सुरुका दिनहरुमा घटेपछि पछि उल्लेख्य रुपमा विस्तार बढेको देखिन्छ ।
प्रतिक्रिया