अर्थमन्त्री डा। युवराज खतिवडा र नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता भएको छ।
उक्त भेटमा अर्थमन्त्री डा। खतिवडाले नवनियुक्त राजदुतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् । भेटमा अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएको उपलब्धि, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।
बेलायतसँग दोहोरो कर मुक्ति सम्झैताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै अर्थमन्त्रीले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरेका छन। ।
अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । राजदुत पोलिटले नेपाल र बेलायत बीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।
प्रतिक्रिया