काठमाडौं – युनाइटेड इन्स्योरेन्सले तोकिएको न्यूनतम चुत्तापुँजी पु¥याएको छ । नियामक निकाय बीमा समितिले २०७४ माघमा निर्देशन जारी निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब बराबरको चुक्तापुँजी बनाउन भनेको थियो । त्यसको करिव २ बर्षपछि अर्थात गत सोमबार उक्त कम्पनीले तोकिएको चुक्तापूँजी बढाएको हो । कम्पनीले अविपरित हकप्रद शेयर अन्तरगत सर्वसाधरण तर्फको शेयर निष्काश तथा बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी १ अर्ब भन्दा बढी भएको बताइएको छ ।
यो बाहेक अझै ४ निर्जीवन बीमा कम्पनीले चुक्तापुँजी पु¥याउन बाँकी छ । त्यस मध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको पनि चुक्तापुँजी पुग्न सकेको छैन । हाल उक्त कम्पनीको चुक्तापुँजी २६ करोड मात्रा छ ।
राष्ट्रिय बीमा कम्पनीले बर्षाैदेखि लेखापरिक्षण जस्ता कामहरु गर्न सकेको छैन । त्यसैले गर्दा कम्पनीको चुक्तापुँजी पु¥याउने काम अन्योलमा छ । बीगतका आर्थिक बर्षको लेखापरीक्षण गरि साधारण सभा गरेर बोनस शेयर बाड्न सके कम्पनीको चुक्तापुँजी पुग्न त्यहाँका अधिकारीहरु बताउछन् ।
यस बाहेक एनएलजी, प्रुडेन्सीयल र लुम्बीनी जनरल इन्स्योरेन्सको पनि चुक्तापुँजी पुग्न बाँकी छ । लुम्बीनी जनरल इन्स्योेरेन्सले हकप्रद शेयर जारी गरिसकेको छ । उक्त शेयर बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी पुग्ने छ । हाल लुम्बीनी जनरलको चुक्तापुँजी ८८ करोड छ ।
एनएलजी र प्रुडेन्सीयल इन्स्यारेन्सले ६०÷६० प्रतिशत हकप्रद शेयर जारी गरेर चुक्तापुँजी पु¥याउने प्रक्रियामा छन् । उनीहरुको चुक्तापुँजी ६४ करोड भन्दा बढी छ । यस्तै, जीवन बीमा तर्फ गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानले पनि चुक्तापुँजी पु¥याएका छैनन् । उनीहरुले रू. २ अर्ब बराबरको चुक्तापुँजी पु¥याउनुपर्ने हुन्छ ।
प्रतिक्रिया